महरासँगै आयो दिल्लीबाट सन्देश, सत्तापक्षमा उथलपुथल

प्रकाशित मिति: १ श्रावण २०७४, आईतवार १६:४७


काठमाडौं, श्रावण १ ।
परराष्ट्रमन्त्री कृष्णबहादुर महरा दिल्ली भ्रमणबाट फर्किएलगत्तै सत्तापक्षमा उथलपुथल आएको छ । महराले दिल्लीबाट संविधान संशोधन गर्नुपर्ने सन्देश ल्याएपछि सत्तापक्षमा उथलपुथल मच्चिएको हो ।

संविधान संशोधनबिना कुनै पनि हालतमा २ नम्बर प्रदेश र प्रदेश तहको निर्वाचन नगर्न निर्देशनसहितको सन्देश ल्याएलगत्तै सत्तापक्षलाई अप्ठेरो परेको बुझिएको छ । संविधान संशोधन गर्न कुनै पनि हालतमा दुई तिहाई नपुग्ने र चुनाव गर्नुपर्ने संवैधानिक बाध्यताका कारण सत्तापक्षमा उथलपुथल भएको हो ।

दिल्लीबाट बोकेर आएको सन्देशअनुसार महरा काठमाडौं पुगेलगत्तै संविधान संशोधनबिना निर्वाचन असम्भव भएको प्रतिक्रिया दिँदै आएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

विद्युत् प्राधिकरण हाल कठिन अवस्थामा गुज्रिरहेकाे कार्यकारी निर्देशक शाक्यकाे भनाई

काठमाडाैं, जेठ ३० । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले.....