साझा बस झैँ भक्तपुर मिनिबसको नयाँ बस सञ्चालन

प्रकाशित मिति: १ श्रावण २०७४, आईतवार १८:१९


भक्तपुर, श्रावण १ ।
भक्तपुर मिनिबस सेवा समितिले आजबाट साझा बस झैँ ४० सीटका २० वटा ठूला गाडी काठमाण्डौं उपत्यकाको नयाँ रुटमा सञ्चालनमा ल्याएको छ ।

उक्त बस सेवाको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उद्घाटन गरेका छन् भने सो बस सेवा बिहान ५ः०० भक्तपुरबाट सुरु भई राति ९ः०० बजे सम्म सुचारु हुने जनाएको छ ।

श्रोतकाअनुसार उक्त बस सेवा पहिलो रूट दुधपाटी, कमलविनायक, जगाती, सूर्यविनायक, कोटेश्वर, चाबहिल, नयाँ बसपार्क, बालाजु, स्वंयम्भु, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, रत्नपार्क, माइतीघर हुँदै भक्तपुर सल्लाघारीबाट दुधपाटीबाट कमलविनायक पुग्नेछ ।

साथै, दोश्रो रूटअन्तर्गत कमलविनायकबाट सुरु भई दुधपाटी, सल्लाघारी, कौशलटार, बानेश्वर, शहिदगेट, टेकु, कालीमाटी, कलंकी, स्वंयम्भु, नयाँ बसपार्क, चाबहिल, कोटेश्वर, सल्लाघारी, च्याम्हासिंहबाट कमलविनायक पुग्ने बताइएको छ ।

मिनिबस सेवा समितिले भक्तपुर नगरका जुनसुकै स्थानबाट सल्लाघारीसम्म जाने सबै यात्रुलाई भाडा दर रु.दश तोकेको उक्त बस सेवा समितिका अध्यक्ष ज्ञानेन्द्र महर्जनले बताए ।

उनकाअनुसार अहिलेलाई २० वटाबाट सुरु गरेका छौं । पछि आवश्यकताअनुसार गाडी थप्दै जाने योजना रहेको बताए ।

 


प्रतिक्रिया

ताजा खबर

More