मंगलबार वागमतीसहित एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडाैं, असार २ ।
भोलि मंगलबार देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेश, वागमती प्रदेश र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी प्रदेश, वागमती प्रदेश र गण्डकी प्रदेशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरू तथा बाँकी उच्च-पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया