राष्ट्रपतिद्वारा पराजुलीलाई पद तथा गोपनीयताको शपथ

काठमाडौं, श्रावण २ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजना गरिएको विशेष समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश पराजुलीलाई पद तथा गोपनीयताको शपथ गराएको हो ।
सो समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्तीमगर, संवैधानिक अंगका प्रमुखहरू, सर्वोच्च अदालतका न्यायाधीशहरू, मुख्य सचिवलगायतको उपस्थिति रहेको थियो ।
गत जेठ २४ देखि कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएका पराजुली प्रधानन्यायाधीशमा नियुक्त भएपछि उनले आगामी २०७५ बैशाख १५ गतेसम्म कार्यभार सम्हाल्नु हुनेछ ।
प्रतिक्रिया