प्रम देउवाको भारत भ्रमणको तयारी

प्रकाशित मिति: २ श्रावण २०७४, सोमबार १६:३४


काठमाडौं, श्रावण २ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण तयारी तीव्र पारिएको छ । परराष्ट्र सचिवको एक साताभन्दा लामो विदेश भ्रमणका कारण केही ढिलो भएको हो । अब भारत भ्रमण भारतीय राष्ट्रपतिको चुनाव पछि हुने भएको छ ।

स्रोतकाअनुसार उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा चीन भ्रमणमा गएर फर्केलगत्तै प्रधानमन्त्रीको भारत भ्रमण हुने तय भएको हो तर मिति भने तय गरेको छैन ।

नेपालले देउवाको दिल्ली भ्रमणको मिति प्रस्ताव गरिसके पनि त्यसमा भारतको सहमति आउन बाँकी छ । देउवाको भारत भ्रमणअघि नै महरा चीन जाने गरी मिति मिलाउने तयारी भइरहेको जनाएको छ । यसअघि परराष्ट्रमन्त्री महरा तीनदिने दिल्ली भ्रमण सकेर असार २० गते फर्किएका थिए । उनले दुईपक्षीय छलफलमा प्रधानमन्त्री देउवाको भ्रमण र दुईपक्षीय आयोजना तथा सहकार्यका विषयमा छलफल गरेका थिए ।

प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा त्यति खासै धेरै सम्झौतामा हस्ताक्षर हुने छैनन् । यसअघि भएका सम्झौता कार्यावन्वयनमा जोड दिने तयारी रहेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

विद्युत् प्राधिकरण हाल कठिन अवस्थामा गुज्रिरहेकाे कार्यकारी निर्देशक शाक्यकाे भनाई

काठमाडाैं, जेठ ३० । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले.....