सर्वोच्चमा दायर भरतपुरको अन्तिम सुनुवाई ८ गते मात्र

काठमाडौं, श्रावण २ ।
दोश्रो चरणको सम्पूर्ण मत परिणाम सार्वजनिक भएको लामो समय बितिसक्दासमेत पहिलो चरणको चुनावअन्तर्गत चितवनको भरतपुर १९ मा भएको मत गन्ने क्रममा दलका प्रतिनिधिहरूले ९० वटा मतपत्र च्यातेपछि भएको विवाद अझैसम्म पनि टुङ्गो लाग्न सकेको छैन ।
सर्वोच्च अदालतले पटक–पटक गरी सार्दै आएको भरतपुरको अन्तिम सुनुवाई पुनः यहीँ श्रावण ८ गतेलाई सारेको छ ।
आज ओमप्रकाश मिश्र र पुरुषोतम भण्डारीको संयुक्त इजलासमा परेको मुद्दाको सुनुवाई हेर्न नभ्याइएपछि सारिएको सर्वाेच्च अदालतले जनाएको छ ।
तर, आयोगको निर्णयविरुद्ध त्यहीँ वडाका एमालेका खुला सदस्यका उम्मेदवार गुञ्जमान विक र अधिवक्ता तुल्सीराम पाण्डेले निर्वाचन आयोगको निर्णय बदर गर्न माग गर्दै गत जेठ २१ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।
प्रतिक्रिया