पार्टीमा अन्तर्घात गरेको भन्दै एमालेले बैतडीका १७ जना निष्काशित

प्रकाशित मिति: ३ श्रावण २०७४, मंगलवार ११:१७


बैतडी, श्रावण ३ ।
नेकपा (एमाले) बैतडीले स्थानीय तहको निर्वाचनमा जिम्मेवार पदमा बसेर पार्टीलाई अन्तर्घात गर्ने १७ जनालाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको छ ।

सोमबार राति सम्पन्न एमाले जिल्ला कमिटी बैतडीको १९ औँ पूर्ण बैठकले जिल्ला कमिटी सदस्य नरेन्द्र भट्ट, प्रकाश सावद, जानकी भाट, भगिरथ कुँवर, राजेश्वरी कँुवर, कृष्ण सावद, प्रदीप बोहरा सुबोध, दलबहादुर ऐर, नागी धानुक, तस्बिर बोहरालाई साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरेको जिल्ला सचिव, लीलाधर भट्टले जानकारी दिए ।

यस्तै, पूर्व अञ्चल सल्लाहकार सदस्य नरबहादुर विष्ट, पूर्व जिल्ला उपसचिव मोहन बराल, जिल्ला सल्लाहकार शंकरसिंह भाट, पार्टी स्कूल विभाग सदस्य लोकराज भट्ट, अखिल नेपाल महिला सङ्घका जिल्ला कोषाध्यक्ष चन्द्रकला सावद, जिल्ला सदस्य उत्तरा अवस्थी र शिक्षक संगठन सहसचिव गणेश बोहरालार्ई समेत कारबाही गरिएको उनले बताए ।

बैठकले निर्वाचनको समीक्षा गर्दै जिम्मेवारीमा बसेर पार्टीलाई अन्तर्घात गर्नेहरूलाई पार्टीको साधारण सदस्यतासमेत नरहने गरी कारबाही गर्ने र सोभन्दा तलसम्म पनि पार्टीविरूद्ध काम गर्ने नेता कार्यकर्ताको छानबिन गर्न प्रत्येक पालिका प्रमुखको अध्यक्षतामा बैठक बसाएर वडास्तरबाट निर्णय गरी साउन १५ गतेभित्र जिल्लामा पठाउने निर्णयसमेत गरेको छ ।

नेकपा (एमाले) जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष सुरेन्द्र पालको अध्यक्षतामा सम्पन्न बैठकमा प्रमुख अतिथि केन्द्रीय सदस्य एवं बैतडी इन्चार्ज पुरनसिंह दयाल, प्रदेश कमिटी सदस्य , पूर्व जिल्ला कमिटी अध्यक्ष नरेन्द्र विष्ट, महादेव भट्ट, नरेश विकलगायत नेताहरूको उपस्थिति थियो ।


प्रतिक्रिया

ताजा खबर

More

विद्युत् प्राधिकरण हाल कठिन अवस्थामा गुज्रिरहेकाे कार्यकारी निर्देशक शाक्यकाे भनाई

काठमाडाैं, जेठ ३० । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले.....