मकवानपुरको थाहा नगरपालिकामा बस दुर्घटना हुँदा दुईको मृत्यु, ३५ घाइते

प्रकाशित मिति: ३ श्रावण २०७४, मंगलवार १८:१८


मकवापुर, श्रावण ३ ।
मकवानपुरको थाहा नगरपालिका आज दिउँसो बस दुर्घटना हुँदा दुईको ज्यान गएको छ भने ३५ जना घाइते भएका छन् ।

मकवानपुरको कैलाश गाउँपालिकाको पकनेबाट काठमाडौंका लागि छुटेको ना. ४ ख ४५६७ नम्बरको बस दुर्घटना भएको हो । मृत्यु हुनेमा कैलाश गाउँपालिका डाँडाखर्कका ३० वर्षीय कुन्साङ लामा र गोगनेकी २५ वर्षीया कमला दोङ रहेको ईलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

उनीहरू दुबैको उपचारका लागि काठमाडौं ल्याउने क्रममा बीच बाटोमै मृत्यु भएको हो । दुर्घटनामा ३५ जना गम्भीर घाइते भएका छन् । घाइतेहरूलाई थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । बस सडकबाट करिब सय मिटर तल खसेको छ ।

मुग्लिन नारायणगढ सडक पहिरोका कारण दिनहुँ जसो अबरुद्ध हुने भएपछि पूर्वतिर जाने र काठमाडौं भित्रिने धेरैजसो सवारीले यो बाटो
प्रयोग गर्दा अहिले निकै भीड हुने गरेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

विद्युत् प्राधिकरण हाल कठिन अवस्थामा गुज्रिरहेकाे कार्यकारी निर्देशक शाक्यकाे भनाई

काठमाडाैं, जेठ ३० । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले.....