नेपाली राजदूत भुसालद्वारा बंगलादेशका राष्ट्रपति हमिद समक्ष ओहोदाको प्रमाण पत्र

काठमाडौं, श्रावण ४ ।
बङ्गलादेशका लागि नेपाली राजदूत प्रा.डा. चोपलाल भुसालले त्यहाँका राष्ट्रपति अब्दुल हमिद समक्ष मंगलबार ओहोदाको प्रमाण पत्र बुझाएका छन् ।
बङ्गलाबन्धु भवनमा एक समारोहबीच उनले ओहोदाको प्रमाण पत्र बुझाउनु भएको बङ्गलादेशस्थित नेपाली दूताबासले जनाएको छ । समारोहमा दुबै देशको राष्ट्रिय गान बजाइएको थियो ।
सोही अवसरमा राष्ट्रपतिसँगको भेटमा राजदूत भुसालले नेपाल–बङ्गलादेशबीचको द्विपक्षीय सम्बन्ध, व्यापार, पारबहनलगायत विषयमा छलफल गरेका थिए ।
भेटमा बङ्गलादेशका राष्ट्रपति हमिदले उपर्युक्त समयमा नेपाल भ्रमण गर्ने राजदूत भुसालसँग इच्छा व्यक्त गरेका थिए ।
प्रतिक्रिया