प्रम देउवाको प्रतिबद्धता ‘मंसिरभित्र सबै तहको निर्वाचन सम्पन्न’

प्रकाशित मिति: ४ श्रावण २०७४, बुधबार ०८:४३


काठमाडौं, श्रावण ४ ।
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिरभित्र सबै तहको निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री देउवाले वर्तमान सरकारले एक सय ६५ वटै क्षेत्रमा प्रतिनिधि सभा निर्वाचन गर्ने पक्षमा रहेको स्पष्ट पार्दै उनले पुरानै निर्वाचन क्षेत्र कायम गर्ने पक्षमा सरकार रहेको भनेर भ्रम श्रृजना गर्न खोजिएको उल्लेख गर्दै आपत्ति पनि जनाएका छन् । प्रधानमन्त्री देउवाले दुई दिन भित्रै निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

काठमाडौंमा भएको ५५ औँ नेपाल इञ्जिनियर्स एशोसिएशनको वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि पनि सरकारले निर्वाचन क्षेत्र निर्धारणको काममा ढिलाई नगर्ने उल्लेख गरे ।

प्रधानमन्त्री देउवाले राष्ट्र निर्माणमा इञ्जिनियरहरूले खेल्दै आएको भूमिकाको पनि खुलेर प्रशंसा गरेका छन् । उनले मुलुकको भौगोलिक विकटतालाई चिरेर जनताको आधारभूत आवश्यता पूरा हुने गरी निर्माणको काम अघि बढाउन पनि इञ्जिनियरहरूसँग आग्रह गरे । कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सम्मानसमेत गरिएको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

विद्युत् प्राधिकरण हाल कठिन अवस्थामा गुज्रिरहेकाे कार्यकारी निर्देशक शाक्यकाे भनाई

काठमाडाैं, जेठ ३० । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले.....