सत्तारुढ दल र राजपाबीचको बैठक सकारात्मक, तीन दिनभित्र माग पूरा हुने

प्रकाशित मिति: ४ श्रावण २०७४, बुधबार १३:०५


काठमाडौं, श्रावण ४ ।
सत्तारुढ दलले संविधान संशोधन बाहेक राजपाका मागहरू तीन दिन भित्र पूरा गर्ने प्रतिबद्धता जनाएको छ । राजपा नेपालका कार्यकर्तामाथि विभिन्न आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता लगायतका माग तीन दिनभित्र सम्बोधन गर्न तयार भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दल र राजपा नेपालका शीर्ष नेताहरूको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मुद्दा फिर्ता, सहिद घोषणा गर्न बाँकीलाई सहिद घोषणा गर्ने र आन्दोलनका घाइतेलाई उपचार खर्च दिने काम तीन दिनभित्र गर्ने प्रतिबद्धता जनाएका हुन् ।

बैठकमा राजपा नेपालका नेताहरूले संविधान संशोधन बाहेक आफूहरुले सरकारले क्याविनेटबाट गर्ने निर्णय पनि नगरेको भन्दै आक्रोश पोखेका थिए । सरकारले क्याविनेटबाट गर्ने काम गरेपछि संविधान संशोधनका विषयमा थप छलफल हुने बताए ।

बैठकमा सरकार पक्षले मुद्दा फिर्तालगायतका माग पूरा गरेर संविधान संशोधन अघि बढाउने आश्वासन दिएसँगै प्रक्रियामा जाँदा पास फेल जे भएपनि निर्वाचनमा आउनु पर्ने प्रस्ताव राखेको थियो तर, राजपा नेपालका नेताहरूले भने सरकारले गम्भीररूपमा पहल गर्दा संविधान संशोधनका लागि दुईतिहाई पुग्ने बताएका थिए । कांग्रेस नेता महतले राजपा निर्वाचनमा आउन तयार भए सरकार संविधान संशोधन प्रस्ताव अघि बढाउन तयार रहेको पनि बताए ।


प्रतिक्रिया

ताजा खबर

More

विद्युत् प्राधिकरण हाल कठिन अवस्थामा गुज्रिरहेकाे कार्यकारी निर्देशक शाक्यकाे भनाई

काठमाडाैं, जेठ ३० । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले.....