राज्यका नीतिगत तहमा महिला सहभागिता सुनिश्चिन गर्न महिला सञ्जालको माग

प्रकाशित मिति: ५ श्रावण २०७४, बिहीबार ०६:२६


काठमाडौं, श्रावण ५ ।
राज्यका नीतिगत तहमा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न अन्तरपार्टी महिला सञ्जालले माग गरेको छ ।

‘सञ्चारकर्मीसँग सञ्जाल’ विषयय एक कार्यक्रममा सहभगी वक्ताहरूले जनसंख्याअनुसार सबै तहमा महिलाको सहभागिता सुनिश्चित गराउन राजनीतिक दलको ध्यानाकर्षणसमेत गराएका छन् । कार्यक्रममा सञ्जालका अध्यक्ष रेणु यादवले स्थानीय तहको निर्वाचनमा महिलाको सहभागिता ४० प्रतिशत सुनिश्चित भएकामा खुसी व्यक्त गर्दै प्रदेश र सङ्घको निर्वाचनमा पनि संविधानको मूल मर्मबमोजिम महिला सहभागिता हुनुपर्ने माग गरिन् ।

सञ्जालका पूर्वअध्यक्ष शशी श्रेष्ठले स्थानीय तहको निर्वाचनमा सबै राजनीतिक दलले महिलालाई नगण्य संख्यामा मात्र प्रमुख/अध्यक्ष पदमा टिकट दिएको गुनासो गर्दै महिलालाई निर्णायक तहमा पुर्‍याउन तत्काल संवैधानिक र कानूनी व्यवस्था अपरिहार्य रहेकामा जोड दिएकी छन् ।
उपाध्यक्ष पुष्पा ठाकुरले सञ्जाल स्थानीय तहमा ५० प्रतिशत, प्रदेशमा ४० प्रतिशत र सङ्घमा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित हुनुपर्ने माग गर्दै संविधानको समानुपातिक समावेशी व्यवस्था लागू गर्न सबैको सहयोग आवश्यक पर्ने बताइन् ।


प्रतिक्रिया

ताजा खबर

More

विद्युत् प्राधिकरण हाल कठिन अवस्थामा गुज्रिरहेकाे कार्यकारी निर्देशक शाक्यकाे भनाई

काठमाडाैं, जेठ ३० । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले.....