प्रचण्डको भाषा साहित्यमा योगदान ‘त्रिमूर्ति सम्मान’‘सत्यमोहन जोशी शताब्दी पदक’ प्रदान

प्रकाशित मिति: ५ श्रावण २०७४, बिहीबार ०६:३८


काठमाडौं, श्रावण ५ ।
त्रिमूर्ति निकेतनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपाली भाषा साहित्यमा पुर्‍याउनु भएको योगदानको कदर स्वरूप ‘त्रिमूर्ति सम्मान’ र ‘सत्यमोहन जोशी शताब्दी पदक’ प्रदान गर्ने निर्णय गरेको छ ।

त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको निकेतनको बैठकले सो निर्णय गरेको हो । आगामी भाद्र ३ गते त्रिमूर्ति दिवसका अवसरमा वाङ्मय शताब्दी पुरुष डा. सत्यमोहन जोशीबाट पूर्वप्रधानमन्त्री दाहाललाई उक्त सम्मान समर्पण गरिने निकेतनले जनाएको छ ।

त्रिमूर्ति निकेतन र नई प्रकाशनको मागबमोजिम नेपाली वाङ्मयका शिखर व्यक्तित्व डा. सत्यमोहन जोशीको योगदानलाई मूल्याङ्कन गरी प्रचण्डको प्रधानमन्त्रीत्वकालमा जोशीलाई ‘वाङ्मय शताब्दी पुरुष’को उपाधि प्रदान गरेको तथा त्रिमूर्ति निकेतनलाई विशिष्ट सहयोग गरेका कारण उनलाई सो सम्मान र पदक प्रदान गर्न लागिएको संस्थाले जनाएको छ ।


प्रतिक्रिया


ताजा खबर

More

अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ

काठमाडाैं, चैत २८ । अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका.....