त्रिमूर्ति निकेतन घोषणा गरेको सम्मान नलिने अध्यक्ष दाहालको घोषणा

प्रकाशित मिति: ५ श्रावण २०७४, बिहीबार ०९:५१


काठमाडौं, श्रावण ५ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले त्रिमूर्ति निकेतनले प्रदान गर्ने ‘शताब्दी पदक’ नलिने घोषणा गरेका छन् ।

दुई पटकको प्रधानमन्त्रीत्वकालमा त्रिमूर्ति निकेतनको थप उचाई अभिवृद्धिका साथै नेपाली भाषा साहित्यमा योगदान पुर्‍याएको भन्दै त्रिमूर्ति निकेतनले उनलाई कदर स्वरूप ‘त्रिमूर्ति सम्मान’ र ‘सत्यमोहन जोशी शताब्दी पदक’ले सम्मानित गर्ने निर्णय गरेको थियो ।

अध्यक्ष दाहालको निजी सचिवालयले आज प्रेस विज्ञप्ति जारी गर्दै ‘त्रिमूर्ति सम्मान र शताब्दी पदक’ ग्रहण नगर्ने निर्णय लिएको जानकारी दिएको छ । साथै सम्मान र पदकका लागि आफूलाई छनौट गरिएकोमा निकेतनप्रति आभार प्रकट गरेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

विद्युत् प्राधिकरण हाल कठिन अवस्थामा गुज्रिरहेकाे कार्यकारी निर्देशक शाक्यकाे भनाई

काठमाडाैं, जेठ ३० । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले.....