तेस्रो चरणको निर्वाचनका लागि नेकाको कार्य समितिको बैठक

प्रकाशित मिति: ५ श्रावण २०७४, बिहीबार १२:१०


काठमाडौं, श्रावण ५ ।
स्थानीय तहको तेस्रो चरणको असोज २ गते हुने निर्वाचन बारे पूर्वसन्ध्यामा आयोजित प्रादेशिक भेलालाई सम्बोधन गर्दै कांग्रेसका पूर्व महामन्त्रीसमेत रहेका निधिले प्रदेश नम्बर २ को एक सय २७ मध्ये १०० सिट कांग्रेसले जित्नसक्ने बताएका छन् ।

उनले भने, ‘पहिलो र दोस्रो चरणमा गरेर हामी एमालेभन्दा करिब ५० सिटले पछि परेका छौं, मेरो धारणा छ कि अतिसयोक्ति हुँदैन भने १०० पालिकामा हामी विजय प्राप्त गरौं । कांग्रेसलाई पहिलो स्थानमा ल्याउन हाम्रो ठूलो जिम्मेबारी छ ।’

निधिले प्रदेश नम्बर २ का सिरहा र सप्तरी बाहेक ६ जिल्लामा गरेको सर्वेक्षण भन्दै ९८ स्थानीय तहमध्ये १९ वटामा मात्र एमालेको प्रभाव रहेको जनाएको छ । उनले भने, ‘यो हाम्रा लागि सुखद लक्षण हो, एकताबद्ध भएर लाग्ने हो भने हामीलाई कसैले हराउन सक्दैन ।’

निधिले एमालेको प्रभाव क्षेत्र भनिएको हाइवेमा पर्ने स्थानीय तहमा कांग्रेस, माओवादी र राजपासमेतसँग गठबन्धन बनाएर चुनावमा जाने प्रस्तावसमेत राखे ।


प्रतिक्रिया

ताजा खबर

More

विद्युत् प्राधिकरण हाल कठिन अवस्थामा गुज्रिरहेकाे कार्यकारी निर्देशक शाक्यकाे भनाई

काठमाडाैं, जेठ ३० । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले.....