दोस्रो तहका नेताहरूलाई गुट नचलाउन माओवादी केन्द्रको सुझाव

काठमाडौं, श्रावण ५ ।
नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा जारी जिल्ला इनचार्जसहितको सचिवालयको बिस्तारित बैठकमा बोल्ने अधिकांश नेताहरूले दोस्रो तहका नेतालाई गुट नचलाउन सुझाब दिएका छन् ।
बैठकमा नेताहरूले गुटका कारण पार्टी पराजय हुने अवस्थामा पुगेको भन्दै गुटलाई भत्काएर नयाँ ढंगको पार्टी निर्माण गर्नुपर्ने बताएका छन् ।
उनीहरूले दोस्रो तहका नेताहरूलाई विचार र संगठनमा अध्यक्ष प्रचण्डलाई सहयोग गर्दै अगाडि बढ्नुपर्ने बताए ।
बैठकमा बोल्दै पूर्वसञ्चारमन्त्री तथा नेता राम कार्कीले साम्यवादमा जानका लागि विचारलाई सच्याउँदै र संश्लेषण गर्दै जानुपर्ने बताउँदै १३ बुँदामा आफ्नो भनाइ राखेका कार्कीले पार्टी गुटका कारण मात्र नभइ वैचारिक, सांस्कृतिक हिसाबले पनि सच्याउनुपर्ने ठाउँमा पुगेको बताएका छन् ।
आजको बैठकमा राम कार्की, सुरेश आले, ओम शर्मा, हिमाल किराँतीलगायत १५ जना नेताहरूले आ–आफ्ना धारणा व्यक्त गरेका छन् ।
व्यवस्थापिका संसदको बैठकका कारण माओवादी केन्द्रको बैठक शुक्रबार ११ बजेसम्मका लागि स्थगित भएको छ ।
प्रतिक्रिया