संविधान कार्यान्वयन अन्यौलमा– पूर्वमन्त्री पोखरेल

प्रकाशित मिति: ५ श्रावण २०७४, बिहीबार १८:१९


भक्तपुर, श्रावण ५ ।
पूर्वपर्यटन मन्त्री एवं नेकपा (एमाले)का नेता आनन्द पोखरेलले सत्तापक्ष र प्रतिपक्षका आ–आफ्नै अडानका कारण संविधान कार्यान्वयन अन्यौलमा परेको बताएका छन् ।

भक्तपुरबाट प्रकाशित हुने परिवर्तनशील आवाज साप्ताहिकको यहाँ आज आयोजित १०औँ वार्षिकोत्सव कार्यक्रममा उनले राजनीतिक अडानकै कारण आमनागरिकमा समेत अन्यौल पैदा भएको जानकारी दिए ।

‘सत्तापक्ष कुनै पनि हालतमा संविधान संशोधन गरेर अगाडि जान्छाँै र प्रतिपक्ष कुनै हालतमा संविधान संशोधन गर्नु हँुदैन भनिरहेको छ’– पोखरेलले भने, ‘यो दुई पक्षको अडानले संविधान कार्यान्वयन अन्यौल बन्दै गएको छ ।’

उनले ‘संविधान संशोधन गर्दा कुन पक्षलाई फाइदा हुन्छ भन्दा पनि राज्यलाई के फाइदा र के नोक्सान हुन्छ भन्ने यथार्थ सञ्चारकर्मीले ल्याउनुपर्छ,’ भन्दै सञ्चारकर्मीले देशको मुद्दामा गहिराइमा गएर आमनागरिक समक्ष यथार्थ ल्याइदिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, क्रियाशील पत्रकार मञ्चका अध्यक्ष रमेश गिरी, प्रेस चौतारी नेपाल भक्तपुरका अध्यक्ष सोम शर्मा (बजगाईं), लोकतान्त्रिक छापामाध्याम भक्तपुर अध्यक्ष पेशल आचार्य, पत्रकार महासंघ भक्तपुरका पूर्वअध्यक्ष अमर भूजु लगायतले साना लगानीका सञ्चारमाध्यम सञ्चालन निकै चुनौतीपूर्ण बन्दै गएको चर्चा गर्दै सरकारले यस्ता सञ्चारमाध्यमको पक्षमा ध्यान पु¥याउनुपर्नेमा जोड दिएका छन्

सो अवसरमा परिवर्तनशील आवाज साप्ताहिकका प्रकाशक तथा प्रधानसम्पादक रामचन्द्र प्रजापति, सम्पादक कृष्ण प्रजापति, सल्लाहकार प्रविण जोशी लगायतले प्रेस काउन्सिलले पत्रिकाको वर्गीकरणमा कुनै भेदभाव गर्न नहुने बताए ।


प्रतिक्रिया

ताजा खबर

More

विद्युत् प्राधिकरण हाल कठिन अवस्थामा गुज्रिरहेकाे कार्यकारी निर्देशक शाक्यकाे भनाई

काठमाडाैं, जेठ ३० । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले.....