नेपाल र रुसबीच आपसी विश्वास र सहकार्य सम्बन्ध : उपप्रम महरा

प्रकाशित मिति: ६ श्रावण २०७४, शुक्रबार ०६:२४


काठमाडौं, श्रावण ६ ।
उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नेपाल र रुसबीच आपसी विश्वास र सहकार्यका साथ सम्बन्ध बढिरहेको बताएका छन् ।

नेपाल–रुसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६१ औँ वर्ष पुगेको अवसरमा ‘नेपाल–रुसमैत्री एवं सांस्कृतिक संघ’ले आयोजना गरेको कार्यक्रममा उनले दुई देशबीचको सम्बन्ध थप गतिशील र विविध क्षेत्रमा विस्तार हुँदै गएको बताए ।

उपप्रधान तथा परराष्ट्रमन्त्री महराले दुई देशबीच सन् १९६५ मा सम्बन्ध स्थापना भएयता सदैब सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै यो सम्बन्ध द्विपक्षीय र प्रगतिशील रहेको बताउँदै उनले भने, “यो ६१ वर्षमा दुई देशका सरकार नजिकबाट सहकार्य गर्दै आएका छन्, द्विपक्षीय मात्रै नभई क्षेत्रीय, बहुपक्षीय फोरम र संयुक्त राष्ट्रसंघमा समेत सहकार्य हुँदै आएको छ ।”

उपप्रधानमन्त्री महराले यो सम्बन्धलाई आपसी हीत, व्यापार, आतंकवादविरुद्ध, जलवायु परिवर्तन र दीगो विकासका लागि प्रयोग गर्न सकिने बताउँदै नेपालको आधुनिकीरण गर्न भौतिक पूर्वाधार र औद्योगिक क्षेत्रमा रुसले गरेको योगदानको प्रशंसा गरे ।

नेपालीलाई विशेषगरी प्राविधिक जनशक्ति निर्माणका लागि रुसले प्रदान गरेको छात्रवृत्तिको सराहना गर्दै उनले रुसको प्रविधि जलविद्युत् आयोजना र औद्योगिक क्षेत्रमा भित्र्याउन नेपाल इच्छुक रहेको जानकारी गराएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

विद्युत् प्राधिकरण हाल कठिन अवस्थामा गुज्रिरहेकाे कार्यकारी निर्देशक शाक्यकाे भनाई

काठमाडाैं, जेठ ३० । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले.....