तोकिएकै मितिमा निर्वाचन हुन्छ : प्रमुख आयुक्त यादव

महात्तरी, श्रावण ६ ।
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले तोकिएकै मितिमा प्रदेश नं–२ मा स्थानीय तहको निर्वाचन सम्पन्न हुने बताएका छन् ।
उनकाअनुसार तेश्रो चरणअन्तर्गत प्रदेश नं–२ को आठ जिल्लामा तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुनेमा कसैले शंका गर्नुहुदैन् ।
प्रमुख आयुक्त यादवले तेश्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी भइसकेको जानकारी दिदैं मतपत्र, मतपेटिका, कर्मचारी, सुरक्षालगायत सबै तयारी चुस्त दुरुस्त अवस्थामा रहेकोले आगामी असोज २ मा नै तेश्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन हुनेमा ढुक्क हुन सबैमा आग्रह गरेका छन् ।
पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा उनले राष्ट्रिय जनता पार्टीले पनि चुनावमा सहभागी हुने विश्वास व्यक्त गरे ।
यसअघि प्रमुख आयुक्त यादवले महोत्तरीको सदरमुकाम जलेश्वरस्थित जिल्ला निर्वाचन कार्यालयको निरीक्षण गरी त्यहाँको निर्वाचन तयारी अवस्थावारे जानकारी लिएका थिए ।
प्रतिक्रिया