राप्रपाको बैठकबाट संंविधान संशोधनको पक्षमा समर्थन गर्ने निर्णय

प्रकाशित मिति: ६ श्रावण २०७४, शुक्रबार १६:५६


काठमाडौं, श्रावण ६ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको तीन दिनसम्म बसेको बैठकले संविधान संशोधनको पक्षमा समर्थन गर्ने निर्णय गरेको छ ।

बैठकबाट सात सय ४४ स्थानीय तहका वडा तहसम्म सङ्गठन समायोजन गर्ने निर्णय गर्नुको साथै सरकारमा सहभागिता जनाउने विषयमा निर्णय लिन केन्द्रीय कार्यसम्पादन समितिलाई जिम्मेवारी दिएको छ ।

पार्टीले लिएको हिन्दू राष्ट्र, संवैधानिक राजसंस्थाको वैचारिक सन्देशलाई हरेक वडा, क्षेत्रमा पु¥याउन नसक्दा पार्टीले अहिलेको चुनावमा पराजय भोग्नपरेकाले विभिन्न राजनीतिक गतिविधि अभियानका रूपमा सञ्चालन गर्ने जनाएको छ ।

बैठकले मुलुकमा राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्न नेपाली नोटमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको चित्र अङ्कित गर्न माग गरेको छ ।

संविधानले विश्वका प्रचलित प्रजातान्त्रिक अभ्यासलाई आत्मसात गरेकाले संविधानसँग सहकार्य गरी पार्टीको सिद्धान्त स्थापित गर्ने प्रतिबद्धता बैठकले जनाएको छ ।

आगामी माघ ७ गतेभित्र संसद् र प्रदेशसभाको निर्वाचन सम्पन्न गर्न पार्टीले सशक्त भूमिका निर्वाह गर्ने जनाएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सो बैठकले ६० वर्ष पूरा भएका नागरिकलाई वृद्धभत्ता उपलब्ध गराउन माग गरेको छ ।

हिन्दू राष्ट्र स्थापना तथा बैद्ध, किराँतलगायत ओमकार परिवारभित्रका धर्मको संरक्षण गर्न धर्म तथा संस्कृति परिषद् गठन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकको निर्णय सार्वजनिक गर्दै अध्यक्ष कमल थापाले पार्टीभित्र देखिएका असन्तुष्ट मत तथा फरक विचारलाई सम्बोधन गरी एकताबद्ध भई आगामी निर्वाचनमा सहभागी हुने बताए ।


प्रतिक्रिया

ताजा खबर

More

विद्युत् प्राधिकरण हाल कठिन अवस्थामा गुज्रिरहेकाे कार्यकारी निर्देशक शाक्यकाे भनाई

काठमाडाैं, जेठ ३० । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले.....