व्यक्तिगत स्वार्थको हाबीले निर्वाचनमा पराजित : नेता महत

प्रकाशित मिति: ७ श्रावण २०७४, शनिबार ०८:२४


धुलिखेल, श्रावण ७ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डा. प्रकाशशरण महतले निर्वाचनमा व्यक्तिगत स्वार्थको हाबी बढेकाले पार्टीले चुनावमा यो अवस्था भोग्नु परेको बताएका छन् ।

नेपाली कांग्रेस बनेपा नगरसमितिद्वारा ३५ औँ बिपी स्मृति दिवसका अवसरमा आयोजित ‘बिपी विचार एवं सांस्कृतिक कार्यक्रम’मा बोल्दै उनले कांग्रेसभित्रकै अन्तर्घात ठूलो रोग भएको बताए । विपक्षीभन्दा आफ्नै आन्तरिक कारणले कांग्रेसको हार भएकाले अब तत्कालीन लाभलाई छाडेर दीर्घकालीन लाभ लिने प्रण गरी पार्टीलाई अगाडि बढाउन सबै नेता तथा कार्यकर्तालाई आग्रहसमेत गरेका छन् ।

कांग्रेसका पूर्वजिल्ला सभापति शिवप्रसाद हुमागाईंले पार्टीभित्र अनुशासन र एकता नभएका कारण कांग्रेसको गढ बनेपामा हार भएको बताए ।
त्यसैगरी, कांग्रेसका पूर्वउपसभापति तीर्थ पसखलले ‘पार्टीभित्र निषेधको राजनीति बढी चल्न थाल्यो, जसका कारण पार्टीका मान्छे जबर्जस्ती अरू पार्टीमा जाने वातावरण बन्यो’ उनले भने ।


प्रतिक्रिया

ताजा खबर

More

विद्युत् प्राधिकरण हाल कठिन अवस्थामा गुज्रिरहेकाे कार्यकारी निर्देशक शाक्यकाे भनाई

काठमाडाैं, जेठ ३० । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले.....