कांग्रेस नेता बास्तोला अस्पताल भर्ना, अवस्था बुझ्न प्रम देउवा अस्पतालमा

प्रकाशित मिति: ७ श्रावण २०७४, शनिबार ०९:२२


काठमाडौं, श्रावण ७ ।
नेपाली कांग्रेसका पुराना नेता चक्र बास्तोलालाई अस्पताल भर्ना गरिएको छ । पक्षघातपश्चात् करिब साढे ४ वर्षदेखि घरमै उपचार र आराम गर्दै आएका बास्तोलालाई केही दिनदेखि न्यूरो अस्पताल बाँसबारी भर्ना गरिएको हो ।

पक्षघात भएपछि उनलाई विराटनगर, काठमाडौं र भारतमासमेत उपचार गराई पछिल्लो समय चिकित्सक र नर्सको सुविधासहित घरमै उपचारका लागि राखिएको थियो ।

उनको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालालगायतका नेता अस्पताल जाने तयारीमा रहेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

विद्युत् प्राधिकरण हाल कठिन अवस्थामा गुज्रिरहेकाे कार्यकारी निर्देशक शाक्यकाे भनाई

काठमाडाैं, जेठ ३० । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले.....