मानसरोवर घुम्न जाँदै एमालेका अध्यक्ष केपी ओली

काठमाडौं, श्रावण ७ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तिब्बतको प्रसिद्ध धार्मिकस्थल मानसरोवर कैलाशमा जाने भएका छन् ।
उनी शनिबार सपरिवार त्यसतर्फ जान लागेको नेकपा एमाले केन्द्र कार्यालयले जनाएको छ ।
उनको साथमा श्रीमती राधिका शाक्य, स्वकीय सचिव राजेश शाक्य र निजी चिकित्सकसमेत जाने भएका छन् ।
यो खबर नेपाल समाचारपत्र दैनिकले छापेको छ ।
प्रतिक्रिया