निर्वाचनको समिक्षा तथा मन्त्रीको नाम टुङ्गो लगाउन कांग्रेसको बैठक सुरु

प्रकाशित मिति: ७ श्रावण २०७४, शनिबार १२:०६


काठमाडौं, श्रावण ७ ।
नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । उक्त बैठकमा स्थानीय निर्वाचनको समिक्षा तथा सरकारमा जाने मन्त्रीको नाम ठुङ्गो लगाउने जनाएको छ ।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको उक्त बैठकमा समसामयिक राजनीतिक र स्थानीय तहको दुई चरणको निर्वाचनको समीक्षा गर्नेमा केन्द्रित रहेर छलफल भइरहेको जनाएको छ ।

बैठकको प्रारम्भमा वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको समग्र स्थिति, निर्वाचनमा पार्टीले अपेक्षित परिणाम ल्याउन नसक्नुको कारण तथा आगामी दिनमा पार्टीलाई एक ढिक्का बनाएर लैजान पार्टी नेतृत्वबाट गर्नुपर्ने प्रयासका बारेमा केन्द्रित रहेर आफ्नो धारणा राखेका थिए ।

बैठकमा स्थानीय तहको दुईवटा निर्वाचनको समिक्षा गरिनुका साथै प्रदेश नं दुईमा आगामी असोज २ गते हुने निर्वाचन सम्बन्धमा छलफल भइरहेको केन्द्रीय सदस्य डा.प्रकाशशरण महतले जानकारी दिए ।

नेपाली कांग्रेसको नेतृत्वमा भर्खरै सरकार गठन भएको तथा स्थानीय तहका दुईवटा निर्वाचन सकिएलगत्तै सुरु भएको उक्त बैठकमा प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन तथा मन्त्रिमण्डलको विस्तारका विषयमा पनि छलफल हुने बताइएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

विद्युत् प्राधिकरण हाल कठिन अवस्थामा गुज्रिरहेकाे कार्यकारी निर्देशक शाक्यकाे भनाई

काठमाडाैं, जेठ ३० । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले.....