निर्वाचन पछि मात्र संविधान संशोधन गरे राम्रो :पूर्व प्रधानमन्त्री खनाल

प्रकाशित मिति: ७ श्रावण २०७४, शनिबार १३:२५


म्याग्दी, श्रावण ७ ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ३९ औँ स्मृति दिवसको अवसरमा नेकपा एमाले म्याग्दीले आज बेनीमा आयोजना गरेको एक कार्यक्रममा नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले निर्वाचन पछि मात्र संविधान संशोधन गरे राम्रो हुने बताएका छन् ।

नयाँ संविधानपूर्ण नरहेको बताउँदै उनले स्थानीय, प्रदेश र राष्ट्रिय गरी तिनै चरणका निर्वाचन सम्पन्न भएपछि मात्रै संविधानलाई मुलुकको आवश्यकताअनुसार परिमार्जन गर्दै लैजानुपर्ने धारणा राखेका छन् ।

स्वर्गीय पुष्पलालले अंगिकार गरेको नीतिले नेपालमा राणाशासनको अन्त्य गर्न सम्भव भएको बताउँदै नेता खनालले नेपालको कम्युनिष्ट, देशभक्त र लोकतान्त्रिक आन्दोलनमा उनको योगदान महत्वपूर्ण रहेको चर्चा पनि गरेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

विद्युत् प्राधिकरण हाल कठिन अवस्थामा गुज्रिरहेकाे कार्यकारी निर्देशक शाक्यकाे भनाई

काठमाडाैं, जेठ ३० । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले.....