पार्टी सभापति देउवाले टिकट वितरणमा एकलौटी गरेको वरिष्ठ नेता पौडेलको आरोप

काठमाडौं, श्रावण ७ ।
जारी रहेको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा बोल्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाले टिकट वितरणका क्रममा एकलौटी गरेको आरोप लगाउँदै संसदीय बोर्ड गठन गर्न माग गरेका छन् ।
आजबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा बोल्दै नेता पौडेलले आगामी असोज २ गते हुने स्थानीय तहको तेश्रो चरणको चुनावमा त्यही समितिमार्फत टिकट वितरण हुनुपर्ने मागसमेत गरे ।
टिकट वितरणमा ख्याल नगर्दा पहिलो र दोश्रो चरणको चुनावमा सोचेजस्तो परिणाम आउन नसकेको पौडेलको भनाई थियो । उनले भने, ‘त्यसैले अब संसदीय समिति गठन गरेर सक्षम उम्मेदवारलाई टिकट दिनुपर्छ ।’
पौडेलले पदाधिकारी नियुक्ति, केन्द्रीय समिति र विभागहरूलाई पूर्णता दिन माग गरेका छन् ।
प्रतिक्रिया