एमाले अध्यक्ष ओली साताव्यापी भ्रमणका लागि चीन प्रस्थान

प्रकाशित मिति: ७ श्रावण २०७४, शनिबार १७:१७


काठमाडौं, श्रावण ७ ।
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली साताव्यापी भ्रमणका लागि आज चीन प्रस्थान गरेका छन् । हिन्दू तथा बौद्ध धर्मालम्बीको प्रमुख तीर्थस्थल मानिने कैलाश मानसरोवर भ्रमणका लागि उनी चीनको तिब्बत प्रस्थान गरेका हुन् ।

उनी आज बिहान साढे ११ बजेको फ्लाईटबाट त्यसतर्फ प्रस्थान गरेका हुन् । अध्यक्ष ओलीसँगै उनकी पत्नी राधिका शाक्य, स्वकीय सचिव राजेश बज्राचार्य र चिकित्सकसहित सात जनाको टोली त्यसतर्फ गएको हो ।

उनी आजै ल्हासा पुगेर त्यहाँ महत्वपूर्ण राजनीतिक भेटघाट हुने बताइएको छ । तिब्बत बसाईका क्रममा उनले चीनियाँ कम्युनिष्ट पार्टीका स्थायी समितिका नेता, तिब्बत सरकार प्रमुख र मन्त्रीहरूलगायतसँग राजनीतिक भेटवार्ता समेत गर्ने बताइएको छ ।

आज भेटघाट सकेर उनी भोलि मानसरोवरको यात्रामा निस्कने कार्यक्रम तय गरिएको छ । उनी साताव्यापीका लागि चीन गएपछि पार्टीको कार्यबाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष बामदेव गौतमलाई सुम्पिएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

विद्युत् प्राधिकरण हाल कठिन अवस्थामा गुज्रिरहेकाे कार्यकारी निर्देशक शाक्यकाे भनाई

काठमाडाैं, जेठ ३० । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले.....