विराटनगरमा एक पश्मिना उद्योग र केएल दुगडमा भीषण आगलागी

प्रकाशित मिति: ७ श्रावण २०७४, शनिबार १७:४२


विराटनगर, श्रावण ७ ।
मोरङको विराटनगर महानगरपालिका–१३ मा रहेको मकालु पश्मिना उद्योगमा आगलागी भएको छ ।

आज अपरान्ह ४ बजेतिर एक्कासी चलिरहेको मेशिनबाट उत्पन्न आगो सल्केर सबैतिर फैलिँदा ठूलो भीषण आगलागी भएको हो । आगो नियन्त्रणमा लिन मोरङ्ग र सुनसरीका चार वटा दमकलसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीले प्रयास जारी राखेका छन् ।

पश्मिना उद्योग पूर्व क्षेत्रीय प्रहरी कार्यालय, तालिम केन्द्र र सशस्त्र प्रहरी गणदेखि पाँच सय मिटरको दूरीमा रहेको छ । मकालु पश्मिना उद्योग औद्योगिक घराना गोल्यान ग्रुपको हो ।

आगलागी अझै नियन्त्रणमा आएको छैन भने क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।

यसैबीच, नेपालगञ्जको कारकादौस्थित एक गोदाममा पनि आगलागी भएको छ । के एल दुगड ग्रुपको कारकादौ भुजइगाउँस्थित गोदाममा आगलागी भएको स्थानीय प्रहरीले जनाएको छ ।

आगलागी नियन्त्रणका लागि स्थानीय दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयबासीहरूको सक्दो प्रयास जारी राखेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले दिएको जानकारीअनुसार विद्युत सर्ट भएर आगलागी भएको बताइएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

विद्युत् प्राधिकरण हाल कठिन अवस्थामा गुज्रिरहेकाे कार्यकारी निर्देशक शाक्यकाे भनाई

काठमाडाैं, जेठ ३० । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले.....