पटक पटक सर्दै आएको भरतपुर मतगणना विवादको सुनुवाई आज

काठमाडौं, श्रावण ८ ।
भरतपुर मतगणना विवादको सुनुवाई सर्वोच्च अदालतले आजका लागि पेशी तोकिएको छ । यसअघि पटक पटक सर्दै आएको पेशी आजका लागि तोकेको हो ।
निर्वाचन आयोगले गठन गरेको छानबिन समितिले ९० वटा मतपत्र च्यातिएको रिपोर्ट बुझाएपछि निर्वाचन आयोगले विवाद समाधान गर्न भरतपुर १९ नम्बर वडामा पुनः मतदान गर्ने निर्णय गरेपछि त्यस विरुद्ध रिट परेको थियो ।
एमालेको तर्फबाट भरतपुर वडा नम्बर १९ का खुला सदस्य उम्मेदवार गुञ्जन विक र भरतपुर १९ कै मतदातासमेत रहेका अधिवक्ता तुलसीराम पाण्डेले रोकिएको मतगणना सुरु गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो ।
प्रतिक्रिया