नयाँ शक्ति पार्टीद्वारा संघीय समाजवादी फोरमसँग पार्टी एकता गर्ने तयारी

काठमाडौं, श्रावण ८ ।
नयाँ शक्ति पार्टीले संघीय समाजवादी फोरमसँगको पार्टी एकता गर्ने अन्तिम तयारी भईरहेका बेला नयाँ शक्तिभित्र समस्या उत्पन्न भएको छ ।
अहिलेको अवस्थामा कुनै पनि हालतमा पार्टी एकता हुन नहुने भन्दै नयाँ शक्तिका आर्थिक विभाग प्रमुख सुनिल खड्कासहित ५० जना सदस्यले पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् । दुई पार्टीबीच यही साउन १५ गते एकता हुँदैछ ।
उनीहरूले यथास्थितिमा पार्टी एकता भए विद्रोह गर्ने चेतावनी समेत दिएका छन् । पार्टी संयोजक बाबुराम भट्टराईसमक्ष तीन बुँदे सर्त राख्दै यथास्थितिमा पार्टी एकता भए विद्रोह गर्ने चेतावनी दिएका हुन् । उनीहरूले पार्टी संयोजकलाई पेश गरेका शर्तहरूमा पार्टी एकतापछि उपेन्द्र यादवलाई अध्यक्ष नमान्ने, एकीकृत पार्टीको नामबाट फोरम शब्द हटाउनुपर्ने र जबर्जस्ती एकता घोषणा गरे आफूहरू नयाँ पार्टीमा नगई नयाँ शक्तिमै बसेर काम गर्ने उल्लेख गरेका छन् ।
नयाँ बिबादका बारेमा छलफल गर्न भट्टराईले सोमबार र मंगलबार केन्द्रीय समिति बैठक बोलाएका छन् ।
प्रतिक्रिया