भट्टराई, वैद्य र विप्लवसँग पुनः एकीकरण गर्ने माओवादी केन्द्रको निर्णय

प्रकाशित मिति: ८ श्रावण २०७४, आईतवार १६:१७


काठमाडौं, श्रावण ८ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले माओवादी केन्द्र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको पक्षमा जनमत निर्माण गर्न लाग्ने बताएका छन् ।

श्रावण २ गतेदेखि जारी पार्टी सचिवालय शनिबार टुंगिएको विस्तारित बैठकका निर्णयहरू सार्वजनिक गर्दै आज पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सममेलनमा सो कुरा बताएका हुन् ।

अध्यक्ष दाहालले संसदीय व्यवस्था संविधान निर्माणपछिको समृद्धि मार्गमा राजनीतिक अस्थिरता बाधक बन्ने, सत्ता गठबन्धन निर्माणका लागि अस्वस्थ प्रतिस्पर्धा हुने देखिएको दाबी गर्दै उनले प्रत्यक्ष निर्वाचित कार्यकारीको माग पुनः उठाउने जानकारी दिएका छन् ।

यस्तै उनले निर्वाचन प्रणालीमा पनि पूर्णसमानुपातिक व्यवस्थालाई राजनीतिक एजेन्डाकै रूपमा अरू दलहरूसित सम्वादमा लैजाने बताए ।

अध्यक्ष दाहालले माओवादी केन्द्रको बैठकले डा. बाबुराम भट्टराई, मोहन वैद्य र विप्लव समूहसँग पुनः एकीकरणको प्रस्तावलाई अगाडि बढाउने निर्णय गरेको जानकारी दिए ।

पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले कांग्रेसको केन्द्रीय समितिको बैठक आज सकिएपछि सोमबार मन्त्रिपरिषद्को विस्तार हुने बताए । माओवादी केन्द्रले मन्त्रीहरूको नाम फाइनल गरिसकेको जानकारी दिँदै उनले प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीको बैठक सकिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने बताएको जानकारी दिए ।


प्रतिक्रिया

ताजा खबर

More

काठमाडौंको चन्द्रागिरीमा २० जना सवार माइक्रो दुर्घटना, दुईको अवस्था गम्भीर

काठमाडाैं, जेठ ३१ । काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गानजिकै घुमाउने पसल अगाडि.....