भरतपुर मतगणना विवाद सम्बन्धि मुद्धा माथिको बहस भोलि पनि

प्रकाशित मिति: ८ श्रावण २०७४, आईतवार १७:२०


काठमाडौं, श्रावण ८ ।
भरतपुर महानगरपालिका–१९ को मतगणना विवाद सम्बन्धि मुद्धाको आजको बहस सकिएको छ । बहसले भोली पनि निरन्तरता पाउने गरि आजपनि हेर्दा हेर्दैमा राखिएको छ ।

हेर्दा हेर्दैमा राखेर भोलीका लागि निरन्तरता दिएकाले भोली अन्तिम फैसला हुने अनुमान गरिएको छ ।

भोलीको बहस पनि न्यायाधीशद्धय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमै सुनुवाई हुने सर्वोच्चले जनाएको छ ।

भरतपुर १९ को विवादको पेशी तोकिएर पनि समय अभावको कारण देखाउदै पटक पटक सार्दै आएको छ । ९० वटा मतपत्र च्यातिएपछि निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेकामा आयोगको निर्णयविरुद्ध गत जेठ २१ गते सर्वोच्चमा रिट दायर भएको थियो ।

लामो समयसम्म निर्णय नहुँदा भरतपुर महानगरको काम कारबाही प्रभावित भएको छ । अन्तिम मतपरिणाम नआएकाले निर्वाचित वडा अध्यक्ष समेतले काम गर्न पाएका छैनन् ।


प्रतिक्रिया

ताजा खबर

More

काठमाडौंको चन्द्रागिरीमा २० जना सवार माइक्रो दुर्घटना, दुईको अवस्था गम्भीर

काठमाडाैं, जेठ ३१ । काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गानजिकै घुमाउने पसल अगाडि.....