‘नेपाल–भारत लगानी सम्मेलन’मा भारतका प्रम मोदीको उपस्थिति रहने

प्रकाशित मिति: ९ श्रावण २०७४, सोमबार ०६:४४


काठमाडौं, श्रावण ९ ।
नेपालमा भारतीय लगानी आकर्षित गर्ने उद्देश्यले ‘नेपाल–भारत लगानी सम्मेलन’ गरिने भएको छ ।

नेपाल उद्योग बाणिज्य महासंघले भारत उद्योग परिसंघ (सीआईआई)सँगको सहकार्यमा लगानी सम्मेलन गर्ने भएको हो । दुई मुलुकमा रहेका निजी क्षेत्रबीचको साझेदारीमा आगामी अगष्टको अन्तिम या सेप्टेम्बरको पहिलो साता सम्मेलन आयोजना गरिने महासंघकी अध्यक्ष भवानी राणाले बताइन् ।

सम्मेलनलाई सम्बोधन गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्तो गरिएको राणाले जानकारी दिएकी छन् । ‘भारतीय प्रधानमन्त्री मोदीले सम्मेलनलाई सम्बोधन गर्न नेपाल आउने संकेत दिनुभएको छ,’ उनले भनिन्, ‘उनकै समयतालिका हेरेर अगष्टमा गर्ने भनिएको सम्मेलन हामीले सेप्टेम्बरलाई सारेका हौँ ।’
अाजकाे अन्नपूर्ण पाेष्ट दैनिकमा समाचार छापिएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

काठमाडौंको चन्द्रागिरीमा २० जना सवार माइक्रो दुर्घटना, दुईको अवस्था गम्भीर

काठमाडाैं, जेठ ३१ । काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गानजिकै घुमाउने पसल अगाडि.....