पहिरोले भोटेकोशी पुल भाँचिएपछि यातायात आवागमन बन्द

प्रकाशित मिति: ९ श्रावण २०७४, सोमबार ०८:१२


चौतारा, श्रावण ९ ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत फुल्पिङकट्टीमा गएराति आएको पहिरोले भोटेकोशी नदीको लार्चा पुल भाँचिएपछि यातायात आवागमन अवरोध भएको छ ।

फुल्पिङकट्टी र तातोपानी जोड्ने करिब ७० मिटर लामो पक्की पुललाई ठूलठूला ढुङ्गासहित खसेको पहिरोले पुलको बीच भाग भाँचिएपछि आवागमन पूर्ण रूपमा बन्द हुन पुगेको हो ।

पुल भाँचिएपछि तातोपानीका बासिन्दालाई छिमेकी वडा र बार्‍हबिसे आउनका लागि नाकाबन्दीसरह हुन पुगेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

काठमाडौंको चन्द्रागिरीमा २० जना सवार माइक्रो दुर्घटना, दुईको अवस्था गम्भीर

काठमाडाैं, जेठ ३१ । काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गानजिकै घुमाउने पसल अगाडि.....