नयाँ शक्ति पार्टी नेपालको बैठक जारी, पार्टी एकीकरणसम्बन्धी प्रस्ताव पेश गरिने

काठमाडौं, श्रावण ९ ।
नयाँ शक्ति पार्टीको पार्टी एकीकरण, मुलुकको पछिल्लो राजनीतिक अवस्थालगायतका विषयमा छलफल गर्न बैठक बस्दैछ ।
पार्टीको काठमाडौंको बबरमहलस्थित पार्टी कार्यालयमा अहिले केही समयपछि सुरु हुने बैठकमा संयोजक बाबुराम भट्टराईले कार्यपत्र पेश गर्नेछ ।
भट्टराईले संघीय समाजवादी फोरम नेपालसँगको पार्टी एकीकरणसम्बन्धी प्रस्ताव पनि पेश गर्ने बताइएको छ । बैठकमा स्थानीय तहको निर्वाचन र पराजयको कारणका विषयमा पनि समिक्षा हुनेछ ।
प्रतिक्रिया