सत्तारुढ दलले राजपालाई निर्वाचनबाट टाढा राख्न खोजेको नेता ज्ञवालीको आरोप

भक्तपुर, श्रावण ९ ।
नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आसन्न २ नंम्बर प्रदेशको निर्वाचनमा आफ्नो भोट बैंक घट्ने आशंकाले राजपालाई निर्वाचनमा रणनीतिगत रूपमा ल्याउन नखोजेको आरोप लगाएको छ ।
आज एक साक्षात्कार कार्यक्रममा बोल्दै सचिव ज्ञवालीले नेकपा एमाले भने राजपालाई निर्वाचनमा ल्याउने पक्षमा भएपनि सत्तारुढ दलले राजपालाई निर्वाचनबाट टाढा राख्न खोजिरहेको बताएका छन् ।
उनले स्थानीय तहको निर्वाचनको स्मरण गर्दै भरतपुर घटनाका दोषी सरकारले कारवाही गर्न नसकेको आरोप लगाउँदै उनले यस घटनामा अदालत समेत कहि कतैबाट प्रभावीत भैरहेको आशंका समेत गरेका छन् ।
सत्तारुढ दलकै कारण समयमै मन्त्रीमण्डल विस्तार हुन नसकेको भन्दै यो सरकारको कुनै औचित्य नभएको बताए । एमाले संविधान संशोधन विरोध नभएको प्रष्ट पार्दै ज्ञवालीले सत्तारुढ दल एमालेसँगको सल्लाह बिनै मनोमानी रूपमा अघि बढेको बताएका छन् ।
तोकिएकै समयमा प्रदेश नं २ र अन्य दुई तहको निर्वाचन हुनुपर्ने भन्दै उनले यी निर्वाचनमा पनि नेकपा एमाले पहिलो शक्तिका रूपमा उदाउने दाबी गरे । निर्वाचन किस्ताबन्दीमा नभई प्रदेश र संसद्को निर्वाचन एउटै समयमा गर्नुपर्ने भन्दै उनले यसका लागि एमाले तयार भएको बताए ।
प्रतिक्रिया