पार्टीभित्र देखिएको भागबण्डा अन्त्य हुनुपर्छ : नेत्री कोइराला

प्रकाशित मिति: ९ श्रावण २०७४, सोमबार १८:३२


काठमाडौं, श्रावण ९ ।
नेपाली कांग्रेस नेत्री सुजाता कोइरालाले पार्टीभित्र देखिएको भागबण्डा अन्त्य हुनुपर्ने बताएकी छन् ।

रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा नेत्री कोइरालाले भागबण्डाका कारण पार्टीले पराजय भोग्दै गएको भन्दै पार्टीभित्र देखिएको ६०/४० को भागबण्डा अन्त्य हुनुपर्ने बताएकी हुन् ।

केन्द्रमा देखिएको गुटबन्दीको रोग स्थानीय तहमा पुगेको कारण स्थानीय तहको निर्वाचनमा पार्टी दोस्रो स्थानमा पुग्नुपरेको उनको भनाई रहेको थियो । ‘पार्टीका निम्ति दुःख गरेको व्यक्तिलाई टिकट नदिएर नेताको नजिकको व्यक्तिलाई टिकट दिए २ नं प्रदेशमा पनि कांग्रेसले पराजय भोग्नुपर्ने अवस्था आउन सक्छ’ – नेत्री कोइरालाले भने ।

गाउँमा संगठन निर्माणका लागि दुःख गरेका व्यक्तिलाई पार्टी नेतृत्वले सही ठाउँमा व्यवस्थापन गर्न नसके कांग्रेसको संगठन कमजोर हुने उनको भनाइ रहेको थियो ।

नेत्री कोइरालाले संविधानले महिलाका लागि धेरै अधिकार दिएको भन्दै पार्टीले पनि महिलाको उचित मूल्यांकन गर्नुपर्ने बताए । उनले भने, ‘छिट्टै विस्तार हुन लागेको मन्त्रिपरिषद्मा महिलालाई उचित स्थान दिइनुपर्छ ।’

उनले संविधान कार्यान्वयनको मुद्दालाई थाती राखेर निर्वाचनमा जानुपर्ने बताए । नेत्री कोइरालाले माघ ७ गतेभित्र तीन तहको निर्वाचन गर्नुपर्ने भएकाले अब ढिला गर्न नहुने स्पष्ट पारे ।


प्रतिक्रिया

ताजा खबर

More

काठमाडौंको चन्द्रागिरीमा २० जना सवार माइक्रो दुर्घटना, दुईको अवस्था गम्भीर

काठमाडाैं, जेठ ३१ । काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गानजिकै घुमाउने पसल अगाडि.....