पूर्ण बैठकबाट सर्वोच्च अदालतको नियमावली २०७४ पारित

प्रकाशित मिति: १० श्रावण २०७४, मंगलवार ०६:३५


काठमाडौं, श्रावण १० ।
सर्वोच्च अदालतको सोमबारको पूर्ण बैठकले सर्वोच्च अदालत नियमावली २०७४ पारित गरेको छ ।

बैठकले २०४९ को नियमावलीलाई खारेज गर्दै नियमावली २०७४ पारित गरेको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिए । उपाध्यायले जारी गरेको प्रेस विज्ञप्तिमा सो नियमावली नेपाल राजपत्रमा सूचना प्रकाशन भएपछि लागू हुने उल्लेख छ ।

नियमावलीमा व्यवस्था गरिएको नयाँ प्रावधानमा सर्वोच्च अदालतको नियमित कार्यका अतिरिक्त अन्य समय र अदालत बन्द रहने वा सार्वजनिक बिदाका दिनमा समेत खुला रहने गरी वा इजलास लाग्ने गरी प्रधानन्यायाधीशले तोक्न सक्ने व्यवस्था छ ।

यस्तै अदालतको काम शुक्रबार अपरान्ह ४ बजेसम्म हुने व्यवस्था, मुद्दा पेसी, सूचीको प्राथमिकता क्रम परिमार्जनलगायत नयाँ व्यवस्था उल्लेख छ ।


प्रतिक्रिया

ताजा खबर

More

काठमाडौंको चन्द्रागिरीमा २० जना सवार माइक्रो दुर्घटना, दुईको अवस्था गम्भीर

काठमाडाैं, जेठ ३१ । काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गानजिकै घुमाउने पसल अगाडि.....