आज प्रधानमन्त्री देउवाद्वारा मन्त्रिमण्डल विस्तार गरिँदै

प्रकाशित मिति: ११ श्रावण २०७४, बुधबार ०६:३४


काठमाडौं, श्रावण ११ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् । नेपालको ४० औँ प्रधानमन्त्रीका रूपमा गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएका देउवाले जेठ २४ गते आठ सदस्यीय मन्त्रीमण्डल गठन गरेका थिए ।

प्रधानमन्त्रीका स्वकीय सचिव केशवराज जोशीले आज मध्यान्हसम्ममा मन्त्रीमण्डल विस्तार गर्ने तयारी भइरहेको जानकारी दिए । आज नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेपाल लोकतान्त्रिक फोरम र नेकपा (संयुक्त)लगायत दलबाट मन्त्रीमण्डलमा सहभागी हुने उनले जानकारी दिएका छन् ।

कांग्रेसबाट यज्ञबहादुर थापा, सञ्जय गौतम, रामकृष्ण यादव, राजनप्रसाद केसी, भीमसेनदास प्रधान, अम्बिका बस्नेत, मोहन बस्नेत, वीरबहादुर बलायर, मीनबहादुर विश्वकर्मा र अर्जुन जोशी मन्त्रीमण्डलमा सहभागी हुने चर्चा छ ।

यसैगरी, माओवादी केन्द्रबाट गिरीराजमणि पोखरेल, श्यामकुमार श्रेष्ठ, टेकबहादुर बस्नेत, शिवकुमार मण्डल, महेन्द्रबहादुर शाही र सीता नेपालीलगायतको नाम चर्चामा छ । यस्तै फोरम लोकतान्त्रिकले जितेन्द्रनारायण देवलाई सरकारमा पठाउने तयारी गरेको छ ।
यस्तै नेकपा (संयुक्त) ले सांसद् मिथिला चौधरीलाई पार्टीकातर्फबाट सरकारमा पठाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो चरणमा तीन उपप्रधानमन्त्रीसहित कांग्रेसका तीन, माओवादी केन्द्रका तीन र नेपाल लोकतान्त्रिक फोरमबाट एक जना गरी आठ सदस्यीय मन्त्रीमण्डल गठन गरेका हुन् ।

फोरमका विजयकुमार गच्छदारले उपप्रधान र सङ्घीय मामिला तथा स्थानीय विकास, माओवादी केन्द्रका कृष्णबहादुर महराले उपप्रधान र परराष्ट्र साथै कांग्रेसका गोपालमान श्रेष्ठले उपप्रधान र शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

काठमाडौंको चन्द्रागिरीमा २० जना सवार माइक्रो दुर्घटना, दुईको अवस्था गम्भीर

काठमाडाैं, जेठ ३१ । काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गानजिकै घुमाउने पसल अगाडि.....