नेशनल ट्रेडिङलाई माथ गर्दै इण्डियन पेट्रोल पम्पको अड्डा बन्दै

काठमाडौं, श्रावण ११ ।
दशकौँदेखि सञ्चालनमा रहेको टेकुस्थित नेशनल ट्रेडिङ लिमिटेडद्वारा सञ्चालित पेट्रोल पम्प भारतीय कम्पनीलाई बिक्री गरेको हो होइन त्यसको यकिन जानकारी प्राप्त नभए पनि अहिले सो स्थानमा भारतीय केहीँ सेनाले सुरक्षा दिँदै आएको छ ।
श्रोतकाअनुसार नेशनल ट्रेडिङ लिमिटेड सधैँ घाटामा रहेको भन्दै मन्त्रीपरिषद्को निर्णयले उक्त जग्गा नेशनल ट्रेडिङले नेपाल आयल नियमलाई बिक्री गरिएको हो भने त्यहाँ कार्यरत तीन सयभन्दा बढी कर्मचारी मध्ये हाल करिब ५२ जना मात्र कर्मचारी बाँकी रहेका छन् । श्रोतले भन्छ, ‘हाल बाँकी रहेका करिब ५२ जना कर्मचारीहरूको हिसाब किताब मिलाउन बाँकी रहेका कारण उनीहरूको छिनोफानो हुन बाँकी रहेको हो ।’
श्रोतले दिएको जानकारीअनुसार नेशनल ट्रेडिङ लिमिटेडको सबै जग्गा, लिगलगापातसमेत खरिद गरेर नेपाल आयल निगमले अत्याधुनिक इण्डियन आयलको पम्प राख्न दिने तयारी अन्तिम चरणमा पुर्याएको छ ।
आयल निगम र इण्डियन आयल कर्पोरेशनबीच यस सम्बन्धमा सहमति समेत भइसकेको श्रोतले बतायो । पार्ट पेमेन्ट दिएर नेशनल ट्रेडिङ लिमिटेडका कर्मचारीहरूलाई धमाधम बिदाईसमेत गरिँदैछ ।
सबैले थाहा पाएकै कुरा हाे, याेभन्दा अघि पनि भारतीय नाका र सीमानामा बेला–बेलामा विभिन्न प्रकारकाे अाक्रमण गर्दै अाइरहेकाे छ । अहिले हुँदाहुँदै राजधानीमा छुस्स ट्रायल गर्ने हिसाबले पनि भारतले याे कदम चाल्न थालेकाे हाे की भन्ने अनुभूतिसमेत हुन थालेकाे छ । याे विषयलार्इ हामीले सामान्य मानेर बसेकाे खण्डमा भाेलि यसकाे परिणाम स्वयम् अाम नेपाली जनताले नै ठेग्न कठिनार्इसमेत हुने निश्चित छ यदि जग हाल्न लागेकाे बेलामा त्यसकाे सही उपाय हामीले गर्न सकेनाैँ भने ।
अनुमान गराैँ, राजधानीमा इण्डियन आयल निगमको पम्प, पम्प व्यवस्थापन र सञ्चालन यदि इण्डियन आर्मीले कब्जा गर्दै गएको खण्डमा नेपालको भावी भविष्य र नेपाली जनताको हबिगत कस्तो अवस्थामा गुज्रिन्छ ? एकदम चनाखो भएर सोच्नुपर्ने बाध्यात्मक अवस्था श्रृजना भएको छ । यस विषयमा समयमै सम्बन्धित क्षेत्रका बासिन्दा र आम नेपाली जनताले नै यसमा कडा कदम उठाउनु अतिआवश्यक भएको छ । सरकारको मुख ताक्ने नेपाली जनताको यो सोझो बानीले भारतले नेपाली माथी यस्तो कडा रूपमा चुनौती दिँदै कब्जा गर्ने यो रणनीतिक चाललाई विफल पार्न आम नेपाली जनता स्वयं विरोधमा उत्रिनुका साथै गम्भीर भएर अघि बढ्नुपर्ने अवस्था हामी सामु आएको छ । सचेत सरकार होइन, अब आम नेपाली जनता हुनुपर्ने अवस्था आएको छ ।
प्रतिक्रिया