साझा पार्टी र विवेकशील पार्टीबीच एकीकरण

काठमाडौं, श्रावण ११ ।
स्थानीय निर्वाचनमा दुई विश्वासिलो वैकल्पिक धारको रूपमा रहेका साझा पार्टी र विवेकशील नेपाल दल एकीकरण भएका छन् ।
एकीकृत नयाँ पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ भएको छ । यस पार्टीको लोगो भने तराजु रहेको जनाएको छ ।
यस पार्टीमा दुई सह–संयोजक रवीन्द्र मिश्र र उज्वल बहादुर थापा बनेका छन् भने पार्टीका बैठहरूको अध्यक्षता रवीन्द्र मिश्रले गर्ने जनाएको छ ।
पार्टीका संयोजन समितिमा सदस्यमा अनुसा थापा, गोविन्द नारायण तिमिल्सिना, निरुपमा यादव, मुमाराम खनाल, रमेश पौड्याल, सूर्यराज आचार्य रहेका छन् ।
दुवै पार्टीबाट १७–१७ जना गरी अहिले ३४ जनाको केन्द्रीय समिति गठन गरिएको छ । नयाँ पार्टीमा प्रत्येक प्रदेशबाट कम्तिमा १–१ जना प्रदेश संयोजक रहनेगरी ७ जना सदस्य केन्द्रीय समितिमा रहने व्यवस्था गरेको छ ।
केन्द्रीय समिति विस्तार गरी आउँदो महाधिवेशनसम्ममा ५१ जनासम्म पु¥याउने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया