मन्त्रीपरिषद् विस्तार, कांग्रेसबाट मन्त्रालयको जिम्मेवारी पाउनेहरूको नामावली

काठमाडौं, श्रावण ११ ।
प्रमुख दल नेपाली कांग्रेसले सरकारमा सहभागी हुने नयाँ मन्त्रीहरूको लागि जिम्मेवारी समेत तोकिसकेको छ ।
नयाँ सञ्चारमन्त्रीका रूपमा नेपाली कांग्रेसका सांसद् एवं नेता मोहन बस्नेत नियुक्त भएका छन् । प्रमुख दल कांग्रेसले केहीबेर अघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठकले बस्नेतलार्ई सञ्चारमन्त्री बनाउने निर्णय गरेको थियो ।
त्यस्तै नयाँ रक्षामन्त्रीका रूपमा नेपाली कांग्रेसका नेता एवं सांसद् भीमसेनदास प्रधान नियुक्त भएका छन् ।
त्यस्तै राजन केसीलाई खेलकुद मन्त्री, यज्ञ बहादुर थापालाई कानून, सञ्जय गौतम सिँचाई र रामकृष्ण यादवलाई कृषि मन्त्रालयको जिम्मेवारी दिईएको छ । देउवाबाट मन्त्री भएका चार जनालाई पनि मन्त्रालयको टुँगो लागिसकेको छ । बीर बहादुर बलायरलाई भौतिक योजना तथा पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
त्यस्तै खानेपानी तथा सरफाई मन्त्रीमा महेन्द्र यादव, वाणिज्यमा मिन विश्वकर्मा, अम्बिका बस्नेतलाई गरिवी निवारण तथा सहकारी मन्त्रीको जिम्मेवारी दिइएको छ ।
प्रतिक्रिया