माओवादी केन्द्रबाट मन्त्रालयको जिम्मेवारी पाउने ६ मन्त्रीहरू नाम

प्रकाशित मिति: ११ श्रावण २०७४, बुधबार १७:०२


काठमाडौं, श्रावण ११ ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रको तर्फबाट ६ जना नयाँ मन्त्री थपिने भएका छन् । माओवादी केन्द्रबाट गिरिराजमणि पोखरेल स्वास्थ्य मन्त्री बन्दैछन् । उनी चौथो पटक मन्त्री बन्न लागेका हुन् । यस अघि पनि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् । पोखरेल महोत्तरीबाट निर्वाचित सांसद् हुन् । माओवादीका प्रमुख सचेतक समेत रहिसकेका पोखरेल अविवाहित नेता हुन् ।

महेन्द्रबहादुर शाही ऊर्जा मन्त्री बन्दैछन् । माओवादीका प्रमुख सचेतक टेकबहादुर बस्नेत पनि मन्त्री बन्ने भएका छन् । त्यस्तै माओवादीबाट शिवकुमार मण्डल, आशा खनाल कोइराला महिला बालबालिका तथा समाजकल्याण मन्त्री, सन्तकुमार चौधरी मन्त्री बन्दैछन् ।


प्रतिक्रिया

ताजा खबर

More

काठमाडौंको चन्द्रागिरीमा २० जना सवार माइक्रो दुर्घटना, दुईको अवस्था गम्भीर

काठमाडाैं, जेठ ३१ । काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गानजिकै घुमाउने पसल अगाडि.....