विबेकशील नेपाली दल र साझा पार्टी एकीकृत

काठमाडौं श्रावण ११ ।
विबेकशिल नेपाली दल र साझा पार्टी एक भएका छन् । आज पार्टी एकता घोषणा सभा गरेर एकीकृत भएको पार्टीको नाम विवेकशिल साझा पार्टी राखिएको हो ।
एकता घोषणा सभामा सह–संयोजक द्धय रविन्द्र मिश्र र उज्वलबहादुर थापाले पुराना दलहरूले अधिकारको कुरा मात्रै गरेको भन्दै आफ्नो दल आर्थिक समृद्धिका लागि मैदानमा उत्रिएको दाबी गरे । जनताले बैकल्पिक शक्ति चाहेको उल्लेख गर्दै उनिहरूले निष्ठा र नैतिकताको राजनीति, पारदर्शिता, उत्कृष्ठता, समृद्ध र शान्त नेपाल पार्टीको प्रमुख लक्ष्य हुने बताए ।
सुसंस्कृत राजनीति गर्ने प्रतिबद्धता जनाएका नेताहरूले भ्रष्ट नहुने बरु नृष्ठ हुने उद्घोषसमेत गरेका छन् । एकीकृत पार्टीको नेतृत्व सह–संयोजकद्वय मिश्र र थापाले नै गर्ने बताइएको छ ।
यस्तै, दुबै पार्टीबाट १७ र १७ जना सम्मिलित ३४ सदस्यीय केन्द्रीय समिति गठन भएको छ भने प्रत्येक प्रदेशबाट एक–एक प्रदेश संयोजक थप गर्ने तथा महाधिबेशनसम्म केन्द्रिय समिति विस्तार गरेर ५१ सदस्यीय बनाउने सहमति भएको छ ।
पार्टी सञ्चालनका लागी दुबै दलका चार–चार जना सम्मिलित संयोजन समिति गठन गरिएको र नेतृत्व तथा सदस्यमाथी अनुशासनको कारबाही गर्न सक्ने गरी स्वायत्त अनुशासन आयोग गठन गर्ने सहमती भएको नेताहरूले जानकारी दिएका छन् । एकीकृत पार्टीको चुनाव चिन्ह तराजु राखेको छ ।
प्रतिक्रिया