भदौको दोश्रो सातामा प्रधानमन्त्री देउवाको भारत भ्रमण

प्रकाशित मिति: १२ श्रावण २०७४, बिहीबार ११:३३


काठमाडौं, श्रावण १२ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले भदौ ८ गते भारत भ्रमण जाने भएका छन् । भारतमा उच्च तहमा भेटघाट हुने गरी मिति तय भएको भारतीय श्रोतले जनाएको छ ।

भ्रमणमा जाने बाँकी तालिका तथा एजेण्डा भने तय हुन बाँकी रहेको छ । प्रधानमन्त्री देउवा भ्रमणको लागि कुन दिन आउने त्यसबारे निधो भएको छैन, श्रोतले जानकारी दिएको छ ।

भारतकालागि नेपाली राजदूत दीपकुमार उपाध्याय र विदेश मन्त्रालयबीच मंगलबार भएको छलफलपछि यो मिति तय भएको हो ।

श्रोतका अनुसार भारतीय पक्षले नै अनुकुलता अनुरूप अगस्त ८ को मितिबारे प्रस्ताव गरेको थियो । प्रधानमन्त्रीको रूपमा देउवाले यो तेश्रो भारत भ्रमण हुनेछ ।

प्रधानमन्त्रीको आसन्न भ्रमणमा विगत केही समयदेखि गृहकार्य भइरहेको सानातिना चार पाँच वटा विषयगत सम्झौता हुने सम्भावना रहेको दूतावास श्रोतले जनाएको छ । अन्नपूर्ण पोष्ट दैनिकबाट


प्रतिक्रिया

ताजा खबर

More

काठमाडौंको चन्द्रागिरीमा २० जना सवार माइक्रो दुर्घटना, दुईको अवस्था गम्भीर

काठमाडाैं, जेठ ३१ । काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गानजिकै घुमाउने पसल अगाडि.....