‘राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गर्ने’ : मन्त्री गौतम

प्रकाशित मिति: १२ श्रावण २०७४, बिहीबार १२:४८


काठमाडौं, श्रावण १२ ।
नवनियुक्त सिँचाइमन्त्री सञ्जय गौतमले राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गरिने बताएको छ ।

बुधबार मन्त्रालयमा पदबहाली गर्दै उनले देशमा रोजगारीको अवसर बढाउन उत्पादन वृद्धि गर्नुपर्ने र त्यसका लागि सिँचाइ सुविधा अपरिहार्य भएको बताएका हुन् । मन्त्री गौतमले परम्परागत रूपमा गरिँदै आएको सिँचाइ प्रणालीमा नयाँ प्रविधिको विकास गरी समयसापेक्ष बनाउनुपर्ने कुरामा जोड दिएका छन् ।

उनले भने ‘अब निर्धारित समयभित्र प्रदेश नं २ को स्थानीय तह तथा प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गरी मुलुकलाई विकासको मार्गमा डो¥याउन आवश्यक छ ।’

उनी नेपाली कांग्रेस पार्टीको तर्फबाट बर्दिया जिल्ला सभापतिको जिम्मेवारी पूरा गरी हाल पुनः पार्टीकै जिल्ला सभापति निर्वाचित भएका हुन् ।
दोस्रो संविधानसभा निर्वाचनमा उनी बर्दिया क्षेत्र नं २ बाट निर्वाचित भएका थिए ।

 


प्रतिक्रिया

ताजा खबर

More

काठमाडौंको चन्द्रागिरीमा २० जना सवार माइक्रो दुर्घटना, दुईको अवस्था गम्भीर

काठमाडाैं, जेठ ३१ । काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गानजिकै घुमाउने पसल अगाडि.....