राप्रपा तत्काल सरकारमा नजाने घोषणा (विज्ञप्तीसहित)

काठमाडौैं, श्रावण १३ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको सभापतित्वमा आज बसेको केन्द्रीय पदाधिकारी बैठकले तत्काल वर्तमान सरकारमा नजाने प्रष्ट पारेको छ ।
उक्त बैठकले मधेस समस्या समाधान र संविधान कार्यान्वयन गर्न सरकार गम्भीर नभएको समेत निष्कर्ष निकालेको छ ।
उक्त बैठकले आगामी भदौभित्र स्थानीय तहको निर्वाचन सम्पन्न भएका छ वटा प्रदेशमा अधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिए ।
मुलुकको समसामयिक राजनीतिक परिस्थितिकाबारे समीक्षा गरिएको बैठकमा पार्टीले सरकारलाई दिएको समर्थन तत्काललाई कायमै राख्ने र उपयुक्त समयमा उचित निर्णय गर्ने जनाएको छ ।
प्रतिक्रिया