ओली तिब्बतको भ्रमण सकाएर नेपाल फर्किए, सरकार र आयोगलाई यस्तो चेतावनी

काठमाडौं, श्रावण १३ ।
एमाले अध्यक्ष केपी शर्मा ओली तिब्बतको एक साता लामो भ्रमण सकाएर नेपाल फर्किएको छ । संविधान संशोधन र चुनावजस्तो संवेदनशील विषयलाई राजनीतिक दाउपेचको विषय नबनाउन सरकारको नेतृत्व गरेको कांग्रेसलाई सुझाव दिएको छ । दोस्रो चरणको चुनावमै सहभागि हुन खोजिरहेको राजपालाई कांग्रेसले घुमाई फिराई चुनावमा आउन नदिएको पनि खुलासा गरेको छ ।
‘राजपा दोस्रो चरणको चुनावमै सहभागि नहुने थिएन, कांग्रेसले घुमाई फिराई चुनावमा सहभागि हुन दिएन’ ओलीले भने । ‘यसपटक पनि राजपालाई चुनावमा आउन नदिन कांग्रेसले अनेक बहाना खोजिरहेको छ, राजपा चुनावमा आए भोट घट्छ भन्ने कांग्रेसले सोचिरहेको छ । यस्तो कुरामा राजनीति नगर्न म कांग्रेसलाई आग्रह गर्छु ।’
संविधान संशोधन फेल भए पनि पास भए पनि अहिलेको संसद् संविधानसभाबाट रुपान्तरित भएको स्मरण गराउँदै ओलीले असन्तुष्ट दलहरूको माग सम्बोधन गर्न पहिलो पटक संविधान संशोधन भइसकेको बताएका छन् ।
‘संविधान संविधानसभाले बनायो, अब त्यसलाई संशोधन गर्नुपरे नयाँ संसद्ले गर्छ । यो नयाँ संसद् होइन, आवश्यक कानुन बनाउनका लागि राखिएको रुपान्तरित संसद् हो’ ओलीले भने ।
ओलीले माघ ७ गते भित्र दुवै तहका चुनाव सम्पन्न नगरे संवैधानिक संकट आउने बताउँदै चुनाव गर्न नभ्याईंने, यदि, तर, जस्ता बाहनाबाजी नगर्न सरकार र निर्वाचन आयोग दुवैको ध्यानाकर्षण गराए ।
प्रतिक्रिया