सत्तारुढ दल कांग्रेसले आज जनकपुरमा विशेष भेलाको आयोजना गर्दै

काठमाडौं, श्रावण १४ ।
सत्तारुढ दल नेपाली कांग्रेसले आज प्रदेश नम्बर २ को स्थानीय निर्वाचनका लागि रणनीति बनाउनेबारे जनकपुरमा छलफल कार्यक्रमको आयोजना गर्ने भएको छ । प्रदेश नम्बर २ का आठ वटा जिल्लाका पार्टी सभापतिसहितको भेला गरी प्रचार–प्रसारलगायत रणनीति तय गर्ने कांग्रेस केन्द्रीय प्रचार समितिले जनाएको छ ।
स्थानीय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट समेत पार्टीको घोषणापत्र, उम्मेदवारका प्रतिबद्धतालगायत जानकारी र एजेण्डा प्रचार–प्रसार गर्ने र यसका लागि हरेक जिल्लामा प्रचार संयोजक र सह–संयोजक राखेर प्रचार संयन्त्र बनाउने तयारी रहेको केन्द्रीय प्रचार समितिले जनाएको छ ।
कांग्रेसले दुई वटा प्रदेशका आठ वटै जिल्लामा शीर्ष नेताले सम्वोधन गर्ने गरी सभा गर्ने, केन्द्रबाट प्रतिनिधि खटाउने, बेलैमा उम्मेदवार छनौट गर्ने र प्रचारलाई आक्रामक बनाउने गरी तयारी गरिरहेको छ ।
प्रतिक्रिया