नवलपरासीमा एकाबिहानै बस दुर्घटना हुँदा २९ घाइते, पाँचको अवस्था गम्भीर

प्रकाशित मिति: १४ श्रावण २०७४, शनिबार ११:२८


नवलपरासी, श्रावण १४ ।
नवलपरासीमा आज बिहान बस दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी २९ जना घाइते भएका छन् भने पाँच जनाको अवस्था गम्भीर रहेको स्थानीय जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बिहान करिब साढे २ बजे नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्नेको उकालोमा नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना. ६ ख २९४६ नम्बरको बस दुर्घटना भएको हो ।

यात्रुले भरिएको उक्त बस उकालोमा तान्न नसकेपछि सडकबाट करिब १५ मिटर तल खसेको जनाएको छ । घाइतेहरू मध्ये सिकिस्त रहेका पाँच जनाको जेनश अस्पताल वुटवलमा उपचार भइरहेको छ भने अरू घाइतेहरूलाई दाउन्नेदेवी अस्पताल बर्दघाटमै उपचार भइरहेको स्थानीय प्रहरीले जनाएको छ ।

दुर्घटना भएको बसका चालकलाई दाउन्ने प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

काठमाडौंको चन्द्रागिरीमा २० जना सवार माइक्रो दुर्घटना, दुईको अवस्था गम्भीर

काठमाडाैं, जेठ ३१ । काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गानजिकै घुमाउने पसल अगाडि.....